Sunday, June 29, 2014

“विकास”

विकास शब्द एक अर्थ अनेक | नाम संज्ञा पाएको यो शब्दलाई धेरैले धेरै आर्थ लगाउन सक्छन् | तर बिकाशका नाममा चलेको बिकृति भन्ने कि के खै बुझ्नै सकेको छैन | कुरा सानो छ तर बुझ्दै जाने हो भने सहि जस्तो नि लाग्छ तर होइन जस्तो पनि | यी शब्दहरु मेरा हैनन् यी शब्दहरु , यी बोलीहरु त ति नया बानेश्वरको पेटीमा बसेर प्लेटको गोटा १५ रुपियाका दरले पानीपुरी बेच्ने ति तराईका दाजुहरुको हो , ति दिदीहरुको जो ५ बजे पछि तँ छाड म छाड गर्दै तम्तयार भएर पेटीमा प्लास्टिक को त्रिपाल ओछ्याउदै १०० को ३ जोर मोजा बेच्नेको हो | नगरपालिकाले बाटो ब्यबस्थित बनाउने सुरमा बाटो विस्तार गर्न चलाएको अभियानले गास बास अनि उठिबास लगाएको दाजु अनि दिदीहरुको हो |
हुन त यो बिकाशले हामी जस्ता घुमन्ते फिरंतेको गोजी बचाएको छ | एक पटक को कुरा म भन्छु , म अनि मेरो साथी न्युरोड गा’को बेलामा खिचापोखरीको त्यो भैयाको पानीपुरी पसल अनि त्याको त्यो लामो लाईन देखेर जाउ हिड बानेश्वर को आफ्नै पानीपुरी भैयाको मा भन्दै फर्कियौ | एसो बानेश्वर पुग्दा त्याको अवस्था देख्दा थुक्क नगरपालिका , त्यो पनि महानगरपालिका भन्दै का. म. न. पा. लाई काम नपा को संज्ञा दिन मन लाग्यो | प्राय सधै हामी ग्राहक हुने त्यो पानीपुरी भैयाको पसल बाईकको लामले भरिएको थियो | भएका दुइटा गोडा समेत राख्न्न नमिल्ने गरि | बानेश्वर को सारा कुना काप्चा खोज तलास गरे , बिरालोले मुसो खोजेको जस्तो | तर अहँ मेरो चित्त मरेन , भेटिन मैले कतै ति भैया पानीपुरी वाला | मेरो धितै मरेन मलाई आज जसरि पनि पानीपुरी खानुथ्यो | त्यसैले मेरो धित मार्ने उद्देस्यले लागे म नि पुरानो बानेश्वर तिर पानीपुरी को खोजीमा | एपेक्स कलेज पुगुन्जेल बाटोलाई धित्कार्दै आफ्नो पानीपुरी को तिर्सना मेटौन , खोजे पानीपुरी पसल सडक का भैयाहरु को जनकपुरिया भैया को अनि बिराटनगरीया ति दाजुहरु को , तर कतै पाईन | एक पाराले मेरो पैसा नी बच्यो तर माया लाग्यो त्यो जनकपुरिया अनि बिराटनगरीया भैयाहरुको |
बाटो बढ्यो तर त्यो संगै बढेको आबेबस्थित पर्किंग अनि समएमै नसकिएको बाटो विस्तारले हामी जस्ता बईके अनि स्कुटे अनि ति बटुवाको दैनिकी कति बिगारेको छ भनेर सबैलाई था’नै छ | पावर बिनाको चस्मा आँखामा भिर्नुको पिडा यी आँखा अनि नाकका डाडीलाई नै था’छ | कसैले सोध्दा पनि के भन्नु जस्तो कति छ पावर भन्दा पनि | महानगरपालिकाले उठाएको यो कदम सर्हनिय छ | तर उचित बेब्स्थापन को कमीले गर्दा जुन नाग्लो ब्यपरिमा परेको असर छ त्यसको चै ख्याल नराखेको देख्दा सारै चित्त दुखेर आउछ | बाटो बढाउनु उचित हो तर एसैगारी बाटो बढाउदै जाने र गाडी भित्र्यौदै जाने हो भने काठमाडौँमा एकदिन एस्तो पनि आउन नसक्ला भन्न सकिन्न जब काठमाडौँ सबै बाटो नै बाटो मात्र , अनि मानिसको घर चै गाडी भित्रै , “स्वदेश” फिल्म मा शाहरुक खानले चलाको गाडी जस्तै | एस्तो अवस्थाबाट बच्नलाई महानगरपालिकाले बाटो ब्यबस्थापनको साथै गाडीको बेबस्थापनमा पनि जोड दिनु पर्छ | साना सवारी साधन अनि थोत्रा , टी.बी ले खाको बिरामी जस्तो धुवा फ्याक्ने गाडी को साटो हरिया ठुला साझा बस जस्तो गाडी हरु आझै थपे केहि हुन्थ्यो कि ???
आस्तु….
सन्देश भट्टराई
२०७१-२-२६
(आफ्नै भोगाईमा आधारित)
  Wordpress blog site बाट साभारित् (आफनै ब्लगबाट)